`

उपनिर्वाचन नजितेसम्म कुनै पनि पदमा नजाने रवि लामिछानेको निर्णय

Nepal One HD २२ माघ २०७९ १६:४५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले उपनिर्वाचन नजितेसम्म आफू कुनै पनि पदमा नजाने बताएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले मिडियामा प्रचार भएजस्तो भौतिक पूर्वाधार मन्त्रालय आफुले नमागेको बताएका हुन् ।

उनले भने म उपनिर्वाचन नजितेसम्म कहीँ जान्न, भौतिक पूर्वाधार मन्त्रालय मैले मागेको छैन ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्की रहेका छन् ।


प्रतिक्रिया