`

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

Nepal One HD २२ माघ २०७९ २१:२५
समाचार

काठमाडौं सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश गरेको छ । आइतबार न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले टीकापुर घटनाका आरोपित चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश गरेको हो ।

अदालतको आदेश अनुसार चौधरीसहितले विपक्षी बनाएकाहरू अदालतमा उपस्थित हुनुपर्ने भएको चौधरी पक्षका अधिवक्ता विकास भट्टराईले जानकारी दिए ।

उक्त घटनाका बारेमा सरकारले कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले तीन वर्षको कैद गर्ने फैसला सुनाएको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।उक्त फैसलाविरुद्ध रेशमसहित सीताराम चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, राजकुमार कठरिया, प्रदीप चौधरी र लक्ष्मण थारूले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।


प्रतिक्रिया