कम्युनिष्टहरूको एकताको लागि पहल भइरहेको छ – प्रधानमन्त्री प्रचण्ड

राजनीति

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सच्चा कम्युनिष्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताएका छन् ।
आइतबार विभिन्न देशका कम्युनिष्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको भन्दे उनले कम्युनिष्टहरूको एकताको लागि पहल गरिरहेको बताए ।
नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने उनले बताए । नेपालमा भएको क्रान्ति, शान्ति प्रक्रियाको विश्वव्यापी महत्व रहेकामा जोड दिँदै उनले आफ्नो नेतृत्वको सरकार जनताका अपेक्षा सम्बोधन गर्न प्रयत्नशील रहेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट