‘रवि लामिछानेमाथि जाँच गरौँ’: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । नेता रावलले सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका हुन् ।
लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउदै उनले लेखेका छन्, राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश(जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य अौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं ।
राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्ने उल्लेख गर्दै गालीगलौजमा नउत्रने उनको भनाइ छ ।
राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश-जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ।सत्य तथ्य अैांल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ।गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं।
— Bhim Rawal, PhD (@BhimRawal179) February 6, 2023