रविलाई गोकुल बास्कोटाको समर्थन : ‘दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो’


काठमाडौं – एमाले नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो दिएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बास्कोटाले सभापति रविले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति समर्थन जनाएका हुन् ।
उनले प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु धेरै राम्रो भएको बताएक छन् । रविले निस्फिक्री बोलेको टिप्पणी उनले गरेका छन् । बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ‘रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो । प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो ।’
रविको अभिव्यक्तिको प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको उनले बताएका छन् । पत्रकार सम्मेलनमा रविले नेता बास्कोटालाई नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा चित्रण गरेका थिए ।
रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो।प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 6, 2023