रविका समर्थकहरुले जलाए पत्रिका

राजनीति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेका समर्थकहरु विरोधमा उत्रिएका छन् । लामिछानेविरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकहरु सांकेतिक विरोधमा उत्रिएका हुन् ।
सांकेतिक विरोधस्वरुप उनीहरुले आज बिहानै कैलालीको सुखड चोकमा पत्रिका जलाएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरू विरुद्ध १२ भाइ लागिरहेको अभिव्यक्ति दिएका थिए ।
लामिछानेले कान्तिपुर पत्रिका शृङ्खलाबद्ध रुपमा आफ्नो छवि बिगार्न लागेको आरोप लगाएको भोलिपल्टै युवाहरुले पत्रिका जलाएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट