`

महानगरले हटायो मैतिदेवीको प्रहरी बिट

Nepal One HD २४ माघ २०७९ १३:००
प्रमुख खबर

काठमाडौँ / काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट खाली गराएको छ । सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिट खाली गराएको हो ।

मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् ।त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काउने तयारी गरेको छ ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताउनुभयो ।


प्रतिक्रिया