`

रास्वपालाई गगन थापा प्रश्न : ‘सरकार छोड्दा किन समर्थन फिर्ता नलिएको ?’

Nepal One HD २५ माघ २०७९ १४:३२
प्रमुख खबर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो पटक नै किन सरकारमा गएको भन्दै प्रश्न गरेका छन् । बुधबार आयोजित आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले रास्वपालाई प्रश्न गर्न नपाइने हो भन्दै सो प्रश्न गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आयो । कल्पना गरेभन्दा बढी मत जनताले दिनुभयो । यसको सन्देश मनन् गर्नुपर्छ सच्चिन दबाब दिएको छ । पार्टीको मत चाहिँ नो नट अगेन भनेर मत लिएको हो सरकार चाहिँ किन गएको ? एकैपटक किन गएको ? सरकारमा गएर पुनः किन बाहिरिएको ? अनि किन समर्थन फिर्ता नलिएको ? सरकार छोड्दा समर्थन फिर्ता लिनुपरेन ? राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्न नहुने हो ?

उनले नयाँ र वैकल्पिक शक्तिको रूपमा उदाएको दलले प्रश्नहरुको उत्तर दिनुपर्ने बताएका छन् । पहिलो पटक चुनाव लडेर जनताले अथाह साथ दिएको भन्दै उनले त्यो साथ र सहयोग ‘नो नट अगेन’ मुभमेन्टबाट आएको बताए ।


प्रतिक्रिया