‘अहिलेको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्र कायम रहन्छ’ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै मिलेर राष्ट्रनिर्माण गनुपर्ने बताएका छन् । शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रनिर्माण गर्ने क्षमता कांग्रेससँग पनि भएकाले सबै मिलेर राष्ट्रनिर्माण गनुपर्ने बताएका हुन् ।
उनले भने,‘ दलहरुले धरातलीय यर्थाथलाई चाँडो विर्सिए । संविधानको अक्षरस पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार दिनुपर्छ । सबैले मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ,त्यो क्षमता कांग्रेससँग पनि छ । नेपाली कांग्रेस सत्तामा जानै पर्छ भन्ने छैन । आएको जिम्मेवारी हामी बहन गर्छौ ।’
सिंहले राष्ट्रपति निर्वाचनपछि अहिलेको सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन् । बहुदलीय व्यवस्था रहेको नेपालको शासन प्रणालीमा अरु राजनीतिक दलले सत्ता संचालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र नेपाली कांग्रेसले उठाउदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको सिंहले टिप्पणी गरे ।
जनताको अभिमतबाट बनाइएको संविधान बचाउन र अक्षरश कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागि रहने बताए ।