`

‘कांग्रेसको कारण एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भयो’ : उपमहासचिव गुरुङ

Nepal One HD २८ माघ २०७९ १६:२३
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कांग्रेसको कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको पनि बताएका छन् । एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले सरकारलाई समर्थन गरेर कांग्रेसले विभिन्न पदका लागि ढडिया थापेको भन्दै यस्तो आशंका पैदा भएको बताएका हुन् ।

उनले अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका हुन् । गुरुङले दक्षिणपन्थी गठबन्धनलाई तोडेर वामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै यसलाई लामो समय कायम राखेर प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने धारणा गरे ।

दलीय हिसाबमा वर्तमान सरकारमा एमालेले ११ मन्त्रालय पाउनुपर्ने भएपनि गठबन्धनलाई जोगाउनका लागि एमाले उदार भएको उनले बताए ।


प्रतिक्रिया