राष्ट्रपति निर्वाचनमा पूर्व सहमतिअनुसार नै अघि बढ्छौ : राजेन्द्र लिङदेन

प्रमुख खबर
काठमाडौँ – उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति निर्वाचनमा पूर्व सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।
सत्ता गठबन्धन दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पछि पत्रकारहरुलाई प्रतिकृया दिनुहुँदै उपप्रधानमन्त्रीसमेत रहनुभएका लिङ्देनले राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको बताउनुभयो । उहाँले यसअघि बाहिर आएको कुरा भ्रमपूर्ण रहेको प्रष्ट्याउनुभयो ।
बैठकमा सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको उहाँले बताउनुभयो । उहाँले रास्वपालाई पनि चाडैँ नै सरकारमा सहभागिता गराउन कसरत गरिरहेको बताउनुभयो । ‘चाँडै रास्वपका सरकारमा आउन पनि सक्छ । केही प्राविधिक विषयहरू मिलाउनुपर्नेछ,’ उहाँले भन्नुभयो।
प्रतिक्रिया
ताजा अपडेट