`

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति

Nepal One HD २९ माघ २०७९ १२:२२
प्रमुख खबर

काठमाडौँ – सत्ता गठबन्धन दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । बैठकमा सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउने सहमति भएको छ ।

सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउन कोशिस जारी राख्ने सहमति भएको लिङ्देनले बताउनुभयो । बैठकपछि पत्रकारहरुलाई प्रतिकृया दिनुहुँदै उपप्रधानमन्त्रीसमेत रहनुभएका लिङ्देनले राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको बताउनुभयो । उहाँले यसअघि बाहिर आएको कुरा भ्रमपूर्ण रहेको समेत प्रष्ट्याउनुभयो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली,रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया