`

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र सभापति देउवाबीच भेटवार्ता

Nepal One HD २९ माघ २०७९ १३:१४
राजनीति

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौं आएर बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पुगरे सभापति शेरबहादुर देउवाबीच भेटवार्ता गरेका छन । नेकपा एमाले नेतृत्वको सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रवार मुख्यमन्त्री बनेका शाह आइतबार काठमाडौँ आइपुगेका हुन् ।

प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत सिद्ध गर्न नागरिक उन्मुक्ति पार्टी वा माओवादी केन्द्रको साथ चाहिने छ ।

मुख्यमन्त्री शाहलाई कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदको साथ छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन हुनुपर्छ । मुख्यमन्त्री शाहले नाउपाका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने तयारीमा रहेका छन् ।


प्रतिक्रिया