रेशम चौधरीलाई रिहा गर्नुपर्छ : अध्यक्ष नेपाल

राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।
आज धनगढीमा समाजवादी प्रेस संगठनले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपालले भने, ’ (रेशम) लाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशममात्र होइन हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’
रेशम टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट