`

सरकारमा सहभागिता हुनकाे लागी आन्तरिक गृहकार्य गर्दै रास्वप

Nepal One HD २९ माघ २०७९ १५:१२
राजनीति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागिताका लागि आन्तरिक गृहकार्य थालेका छन् ।

आज बिहान बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट निस्के लगत्तै लामिछानेले छलफल शुरु गरेका हुन्।

संयन्त्रको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले लामिछानेलाई फेरि सरकारमा आउन आग्रह गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धारामा अहिले लामिछानेसहितका नेताहरु छलफलमा छन् ।


प्रतिक्रिया