`

धनगढी पुगेर माधव नेपालले भने- शान्ति प्रक्रियासँग जोडिएका विप्लवका मुद्दा, हाम्रै कतिपय मुद्दा चाँडो टुंगोमा पुर्‍याउनुपर्छ

Nepal One HD २९ माघ २०७९ १७:१८
राजनीति

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइ आवश्यक रहेको बताएकाछन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्नेभन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन् ।

शान्ति प्रक्रियासँग जोडिएका, विप्लवका मुद्दा, आफूहरूकै पनि कतिपय मुद्दा चाँडो टुंगोमा पुर्‍याउनुपर्ने उनको धारणा थियो । सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारलाई रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ढलेको थियो ।

माओवादी केन्द्रसमेतको सहभागिता रहेको सरकार ढलेपछि सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बनेको छ र एकीकृत समाजवादी पनि सरकारमा सम्मिलित छ । यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । त्यसका लागि नागरिक उन्मुक्ति वा माओवादी केन्द्रका सांसदहरुको मत आवश्यक पर्छ । 


प्रतिक्रिया