`

जनयुद्ध दिवसबारे गगन र विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्न–पार्टीको धारणा राष्ट्रपति निर्वाचनपछि आउने हो ?

Nepal One HD १ फागुन २०७९ १४:२१
राजनीति

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारको १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णयप्रति पार्टीको धारणा सार्वजनिक नभएको नेतृत्वप्रति प्रश्न उठाएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनमा मनाउने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जसअनुसार सोमबार सार्वजनिक बिदा दिइएको छ । 

तर, यसबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक नभएकोप्रति नेता रिजालले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको धारणा राष्ट्रपतिको निर्वाचनपछि आउने हो भन्दै व्यंग्यसहित प्रश्न गरेका छन् ।

‘सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू,’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् । 


प्रतिक्रिया