`

जनयुद्ध दिवसबारे गगन थापाको धारणा : ‘सार्वजनिक बिदाका नाममा अराजकता अति भयो’

Nepal One HD १ फागुन २०७९ १४:३९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका छन् । सरकारले जनयुद्ध दिवसका अवसरमा आज देशैभर बिदा दिएको प्रति कांग्रेसका नेताहरूको धारणा माग भएपछि महामन्त्री थापाले ट्वीट गर्दै सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिऊँ भन्दै स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिऊँ। यसका लागि नेपाली काँग्रेसले पहलकदमी लिनेछ ।

सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा आज देशैभर बिदा दिएको छ । महामन्त्री थापाले सार्वजनिक बिदाका नाममा अराजकता अति भएको उल्लेख गरेका छन् । पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको पनि थापाले बताएका छन् ।


प्रतिक्रिया