`

एमालेले २ महिने मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने, देशभरका कार्यकर्ताहरूलाई एकैपटक सक्रिय गराउने उद्देश्य

Nepal One HD १ फागुन २०७९ १६:१२
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले २ महिने मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका करिब ९ लाख संगठित सदस्यसहित देशभरका लाखौं कार्यकर्ताहरूलाई एकैपटक सक्रिय गराउन २ महिने अभियान सञ्चालन गर्ने भएको हो ।

फागुन २ गते फिल्डमा खटिने केन्द्रीय सदस्यहरूलाई आ(आफ्नो प्रदेशमा अभिमुखीकरण गरेर सो अभियान अघि बढ्ने भएको छ । सातै प्रदेशमा एकैपटक चैत मसान्तसम्म चल्ने सो अभियानमा केन्द्रीय पदाधिकारीहरू पनि खटिने भएका छन् ।

केन्द्रीय सचिवालयको पछिल्लो बैठकको निर्णयअनुसार सातजना सचिवलाई सात प्रदेशको फिल्ड कमाण्डर तोकिएको छ । समग्र कामको अनुगमन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूलाई प्रदेश तोकेर अनुगमनको जिम्मा दिइएको छ ।

अनुगमनको जिम्मा पाएका उपाध्यक्षहरू आ(आफ्नो प्रदेशमा फागुन ५ गते हुने केन्द्रीय सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् भने आवश्यकताका आधारमा विभिन्न जिल्लाहरूमा पनि जाने बताइएको छ । मिसन ग्रासरुट अभियानमा प्रत्येक सदस्य जोडिने र नेता कार्यकर्ताहरू परिचालन हुने भएका हुन् ।


प्रतिक्रिया