मेची पुलमा उर्लियाे जनसागर, चर्काे ब्याजदर लिनेहरुलाई कालाेमाेसाे दल्ने प्रसाईकाे चेतावनी


झापा – राष्ट्र,राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियानले आज झापाको मेचीपुलमा तिसऔँ हजार जनसहभागितामा बृहत् आमसभा गरेको छ ।
अभियानको शुभारम्भ कार्यक्रममामा बोल्नु हुँदै अभियानका संयोजक दुर्गा प्रसाईंले यो अभियान अब देश भरी चलाइने बताउनु भयो ।

अभियानको शुभारम्भ कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र साह,पूर्व युवराज पारस साहसहित अन्य राजपरिवारका सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा उपस्थित हुनु भएका पूर्व राजा ज्ञानेन्द्र साहले तामाको दियोमा बत्ती बाल्नु भएको थियो भने शान्तिका प्रतीक परेवासमेत उडाउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै संयोजक प्रसाईँले गणतन्त्रको नाउँमा विस्तार बिस्तारै राष्ट्र,धर्म र संस्कृति हराउँदै अब देशबाट युवाहरू हराउँदै गएको बताउनु भयो । उहाँले मुलुकका व्यापारी र जनता चर्को ब्याजदरको पीडामा रहेको बताउनु भयो ।
उहाँले परिवर्तनको नाम दिएर लाइएको गणतन्त्रले देशका एक करोड युवा विदेशिनु परेको र प्रेम आचार्य जस्ता व्यक्तिले संसद भवन अगाडि जिउमा पेटोल खनार जल्न विवश हुनु परेको बताउनु भयो । मुलुकलाई जात, धर्म र भाषाको नाउँमा टुक्राउने काम भएकोभन्दै उहाँले अब मुलुकलाई सही बाटोमा हिँडाउने हो भने ४६ साल अघिको अवस्थामा लैजानु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रसाईँले मुलुकलाई ५५ जना व्यापारी र १० नेताको चुकुलबाट मुक्त नगरी नेपाली जनताले सुख नपाउने बताउनु भयो ।

उहाँले नेपाली जनता यत्तिखेर बाच्नका लागि मात्र श्वास फेरे जस्तो गरी बाँची रहेको बताउनु भयो । करोडौँ युवा विदेशिएकाे मुलुकमा बृद्धा र बालबालिका मात्रै बाँकी रहेको र देशमै भएका युवाहरू लघुवित्त, सहकारी र निजी बैङ्कको चर्को ब्याजदरको मारमा रहेको भन्दै उहाँले गरिब जनताले लिएको २० लाखसम्मको ऋण मिनाहा गर्नु पर्ने बताउनु भयो । उहाँले आफ्नो अभियान अब फागुन ७ गते भैरहवा, फागुन १० गते धनगढी, फागुन १३ गते चितवन हुँदै फागुन २० गते काठमाडौँमा बृहत् आमसभाकारसाथ गरिने बताउनु भयो । उहाँले अभियान अन्तरगत अब चर्को ब्याज लिने वित्तीय संस्थाका मालिकलाई कालो मोसो दलिने,नेपाल भरकाे पसलहरूको सटर डाउन गरिने सबै निजी बैङ्कका कारोबार बन्द गर्दै शान्तिपुर्ण ढङ्गले अघि बढ्ने बताउनु भयो ।

कार्यक्रममा बोल्नु हुँदै राष्ट्रिय शक्ति नेपालका संयोजक केशर बहादुर बिष्टले फागुन १ गतेको दिन ब्याक एण्ड ह्वाइट दिवश भएको बताउनु भयो । उहाँले १७ हजार मान्छे मारेको सम्झनामा आजको दिनलाई बिदा दिनु भनेको कालो दिवश भएको बताउनु भयो । उहाँले आजैका दिनबाट धर्म, संस्कृति बचाउने अभियान चल्नु भनेको सेतो दिनको सुरुवात भएको बताउनु भयो ।

तीस हजार भन्दा बढी जनसहभागितामा सम्पन्न कार्यक्रममामा देशै भरबाट सन्तमन्तहरुकाे सहभागिता थियो । बैदिक सनातन परम्परा अनुसार सम्पन्न गरिएको कार्यक्रममा पुर्वराजा ज्ञानेन्द्र वरिविक्रम साहदेवले शान्तिका प्रतीक परेवासमेत उडाउनु भएको थियो ।



