यातायात व्यवसायीको आन्दोलन नियन्त्रण गर्न नसकेको आरोपमा बालाजुका डीएसपीलाई हटाइयो जिम्मेवारीबाट

प्रमुख खबर

काठमाडौं । प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक डीएसपीलाई जिम्मेवारीबाट हटाइएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको हो ।
आन्दोलनका क्रममा डीएसपी विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।
घटनापछि देखिएको आवश्यकता अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन उपत्यका प्रहरी कार्यालयले विष्टलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । यातायात मजदुरले सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने लगायतका मागहर राखेर सोमबार आनदोलन गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट