`

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Nepal One HD ३ फागुन २०७९ १०:३८
अर्थ समाचार

काठमाडौं / बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ३ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला दुई सयले घटेर १ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू १ लाख ३ हजार १ सय छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख ३ हजार ३ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु ५ ले घटेर प्रतितोला रू १ हजार २ सय ९० कायम रहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया