`

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो,१७ जना घाइते

Nepal One HD ३ फागुन २०७९ १३:१०
प्रमुख खबर

पोखरा / मुस्ताङको लेतेनजिकै ना‍‍. ७ ख ७४४० नम्बरको बस कालीगण्डकीमा खसेको छ । मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा १७ जना घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताएका हुन्।

बसमा चालकसहित १८ जना सवार थिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । २ जना घाइते विदेशी पनि रहेको प्रजिअ केसीले बताए ।


प्रतिक्रिया