`

संसद भवन अगाडि न्यायाधीश भुवन गिरीविरुद्ध प्रदर्शन गर्ने विनु यादवसहित ४ जना पक्राउ

Nepal One HD ३ फागुन २०७९ १५:४९
प्रमुख खबर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् । पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै टायर बालेर प्रदर्शन चार जना पक्राउ परेका हुन् ।

प्रहरीले पूर्व न्यायाधीशकी श्रीमती आरती गिरी, विनु यादव लगायत ४ जनालाई पक्राउ गरेको छ । श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन् ।

घरेलु हिंसाबाट पीडित बनेकी बिनु यादवले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् ।

पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । केही अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् ।


प्रतिक्रिया