`

प्रधानमन्त्रीसँग भेटेर मोबाइल व्यवसायीले मागे क्षतिपूर्ति, ठोस प्रतिबद्धता नगरे आन्दोलन गर्ने चेतावनी

Nepal One HD ३ फागुन २०७९ १६:०२
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोबाइल व्यवसायीहरुबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई मोबाइल व्यवसायी संघले गोंगबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरुबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएका छन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै व्यवसायीहरुले यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति समेत माग गरेका छन् । ज्ञापनपत्रमा निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको उल्लेख छ । अमूर्त आश्वासन भन्दा पनि ठोस प्रतिबद्धता चाहिएको भन्दै व्यवसायीहरुले अन्यथा देशैभरबाट व्यवसायीहरुको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

‘क्षतिको आकलन गर्दै तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनका नाममा लुटपाट तथा आपराधिक क्रियाकलाप गर्नेहरुलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन समेत अनुरोध गर्दछौं’ ज्ञापनपत्रमामा भनिएको छ ।


प्रतिक्रिया