सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान लगियो एयरपोर्ट
काठमाडौं । कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट निकालिएको छ । जलेर घाइते भएका भण्डारीलाई कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर उनलाई विमानस्थल लगिँदै छ ।
विमानस्थलबाट श्री एयरलाइन्सको विमानमार्फत उनलाई उपचारका लागि मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिने छ । एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गर्ने भएको छ । अस्पताल स्रोतका अनुसार उनलाई ६ जना चिकित्सकसहित ११ जनाको साथमा लगिनेछ ।
भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ । खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेटमा उपचारको क्रममा निधन भएको छ ।
