करिश्मा मानन्धरको चरित्रहत्या गरेको उजुरीमा डिल्लीराम खनाल पक्राउ
प्रमुख खबर
काठमाडौं । युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएपछि उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।
आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले साइबर ब्युरोमा उजुरी हालेकी थिइन् । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएकी थिइन । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
