`

भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

Nepal One HD ६ फागुन २०७९ १२:३९
समाचार

भक्तपुर – महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । 

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको हो ।  मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो । अरू दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिका दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।

महाशिवरात्रि पर्वका लागि डोलेश्वरमा भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएका छन् ।  डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रूपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ । यस्तै भक्तपुर दत्रातयमा पनि शिवरात्रिका अवसरमा भक्तजनको घुइँचो लागेको छ । 


प्रतिक्रिया