`

सत्ता गठबन्धन एमालेका कारण टुट्दैन : योगेश भट्टराई

Nepal One HD ९ फागुन २०७९ १२:१८
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन एमालेका कारण नटुट्ने बताउनु भएको छ ।

मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले एमालेका कारण गठबन्धन नटुट्ने स्पष्ट पार्नुभएको हो ।

उहाँले प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर रहेको बताउनु भयो । माओवादी चरम अवसरवादमा लागेको भन्दै उहाँले आगामी निर्वाचनमा माओवादी ठूलो पार्टी पनि बन्न नसक्ने बताउनभयो 


प्रतिक्रिया