`

प्रहरी र सरकारी कार्यालयमा थन्किएका श्रोतसाधन सदुपयोग गर्न प्रकाशमान सिंहको माग

Nepal One HD १२ फागुन २०७९ १४:५९
राजनीति

काठमाडौँ / शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारी कार्यालयहरुमा बेवारिसे रुपमा राखिएका श्रोत, साधनहरुको सदुपयोग गर्न आग्रह गरेका छन् ।

देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र थुपारिएर राखिएका साधन श्रोत, मोटरसाइकलदेखि गाडीहरु बेवारिसे रुपमा राखिएको सांसद सिंहले बताएका छन् । करोडौं मूल्य पर्ने साधनश्रोत कौडीको मूल्यमा बेच्न राखिएको पनि उनको आरोप थियो ।

नियम नमिलेको हो भने नियम मिलाएर करोडौं मूल्य जाने सवारीसाधनहरु कार्यालयको परिसरमा कौडीको मूल्यमा बेच्नको लागि राखिएको छ, यसले राम्रो भएन,’सांसद सिंहले भने ।


प्रतिक्रिया