`

संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन

Nepal One HD १२ फागुन २०७९ १६:४४
राजनीति

काठमाडौं / सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसदहरुले शून्य र विशेष समयमा उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

यसअघि शून्य र विशेष समयमा गराइएको ध्यानाकर्षणप्रति सरकार जवाफदेही नबनेको भन्दै सांसदहरुले सरकारलाई जवाफदेही बनाउन रुलिङको मागसमेत गरेका थिए । 
 


प्रतिक्रिया