`

नया घासँ पलाउने र बिषालु जीवनष्ट हुने बिस्वासमा स्थानिय लगाए डढेलो

Nepal One HD १७ फागुन २०७९ ७:५५
समाचार

महोत्तरी १७ फाल्गुन । गर्मियाम वढेसगैँ महोत्तरीका उत्तरी क्षेत्रका जंगलहरुमा स्थानियहरुले डढेलो लगाउन थालेका छन ।

नया घासँ पलाउने र बिषालु जीव नष्ट हुने बिस्वासमा स्थानियहरुले नै डढेलो लगाउन थालेका हुन ।

जिल्लाका उत्तरी क्षेत्रमा रहेका घना जंगलहरुमा ३ दिन यता डढेलो लागेको स्थानिय प्रत्यक्षदर्शीहरुले वताए । सामुदायिक तथा सरकारी मातहतमा रहेका जंगलहरुमा खुलेआम स्थानियले डढेलो लगाएता पनि सरकारी वन रक्षकहरु भने मुकदर्शक बनेका छन ।

जंगलभित्रको पारिस्थितिक प्रणालीलाइ नै असन्तुलन हुने गरि लगाइएको डढेलो आफैमा घातक भए तापनी डिभिजन वन कार्यालय तथा सागरनाथ वन परियोजनाहरुको बेवास्ता गरेकाे स्थानिय रामचन्द् साहले जनाए । 

तर, जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष झाले भने डढेलोको बिषयमा अघिल्लो बर्षभन्दा यो बर्ष निक्कै चनाखो रहेको दावी गरे । यसपाली पानी नपरेको हुनाले आगलागी र डढेलोको समस्या त्यतिकै पनी बढन सक्छ,´ उनले भने, नियतबश कसैले आगो लगाउछ भने त्यो अपराध हो, त्यसतर्फ हामी संवेदनशील छौ ।´ उन्ले यसो भने  दुई दिनभित्र मात्र टुटेस्वर, गौशाला, पाटुलगायतका ठाउँहरुमा आगलागी भएको छ ।

बर्दिबासमा नै रहेको नेवार डाडा र कामी डाडामा लागेको डढेलो नियन्त्रण ४८ घण्टापछी मात्र भएको थियो । ससस्त्र प्रहरी, सामुदायिक वनका सदस्य र वनका कर्मचारीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएको अध्यक्ष सुदर्शन काफ्लेले जानकारी दिए ।

डढेलोको कारण रुख, बिरुवा नष्ट हुँदै जानुले पानीका मुहानहरु सुक्दै गएका छन भने डाले घासँमा समेत समस्या वढदै गएको छ ।


प्रतिक्रिया