`

विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु

Nepal One HD १७ फागुन २०७९ ८:०१
समाचार

काठमाडौं – बागलुङमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार विद्यालय जाँदै गरेकी बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

भीरबाट लडेकी मगरकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङलेजनाएको छ । उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी हुन् ।


प्रतिक्रिया