`

डडेल्धुराबाट भरुवा बन्दुक बरामद

Nepal One HD १७ फागुन २०७९ १९:२५
समाचार

डडेल्धुरा, १७ फागुन – डडेल्धुराबाट भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको परशुराम नगरपालिका–१० धनुके टोलको जंगलमा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।

मंगलबार साँझ भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट कुरमुलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।


प्रतिक्रिया