जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ४० जना घाइते
समाचार
काठमाडौं – जन्ती बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साह रहेका छन् ।
भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस अनियन्त्रित भई पल्टिँएको हो । को मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
