`

पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु

Nepal One HD २० फागुन २०७९ १९:२९
समाचार

पाल्पा, २० फागुन – पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको रैनदेवी छहरा ७, बल्ढेङगढीस्थित कन्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो ।

१७ वर्षीय भिमबहादुर रानाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रैनदेवी छहरा ७ र ८ को सिमाना भएर बग्ने कन्चन खोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा राना डुबेका थिए । 

राना रैनदेवी छहरा–७, बल्ढेङगढी जोग दमारका बासिन्दा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया