`

आगलागीमा परेर रौतहटमा ६ महिने शिशुको ज्यान गयो

Nepal One HD २४ फागुन २०७९ १०:०९
समाचार

रौतहट, २४ फागुन ।  रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । 

मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा  भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो ।  छिमेका दुईसहित तीन वटा घर गोठ जलेर नष्ट भएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा  सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु  हो । राउतको घरबाट छानाबाट सल्किएको आगोले छिमेकी रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको छ । 

आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी १ लाख तथा छिमेकीहरूको ५०–५० हजार गरी २ लाख भन्दा बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। 

सो घटना लगतै गौर नगरपालिकाबाट गएको वारुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।


प्रतिक्रिया