आगलागी भएको श्री एअरलाइन्सकाे बिमान सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल

NepalOne २५ फागुन २०७९ १०:२५
प्रमुख खबर

काठमाडौं / श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

काठमाडौंबाट भैरहवा लागि उडेको सो बिमानका इन्जिनमा आगो लागेको देखिए पछि फर्काएर सुरक्षित रुपमा अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गराईएको हो । 

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो आगलागी पछि  त्रिभुवन विमानस्थलमा हाल सुरक्षित अवतरण गरिसकिएको छ ।

जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
 


प्रतिक्रिया