उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनमा एकमत भएन, जसपा र जनमत दुवै पार्टीवाट उम्मेदवारी दर्ता हुने

प्रमुख खबर

काठमाडौं / सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा दुईवटा उम्मेदवारी दर्ता हुने भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुईवटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो ।
‘अहिलेलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका दुवै उम्मेदवारको नाम दर्ता गर्ने र त्यसैमा पछि ती दुवै मध्य एक नाममा सहमति खोजेर जाने निर्णय भएको छ,’ बैठकमा सहभागि आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले भने ।
जसअनुसार जसपा नेपालका रामसहाय यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी दर्ता हुने भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट