‘विचारसँग विचारले लडौँ, प्रश्न र आलोचना गरौँ तर हिंसा नगरौँ’ – ज्ञानेन्द्र शाही
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहले शिक्षामन्त्रीको कार्यक्रममा असहमति जनाउन र विरोध गर्न पाइने भए पनि हिंसात्मक गतिविधि गर्न नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत शाहले कसैलाई लखेट्ने वा कुटपिट गर्ने संस्कार नेपाली समाजको नभएको उल्लेख गरेका छन्।
‘शिक्षामन्त्रीज्यूको कार्यक्रममा असहमति हुन सक्छ, विरोध गर्न पाइन्छ। तर कसैलाई लखेट्ने र कुट्ने संस्कार हाम्रो नेपाली समाजको संस्कार होइन,’ उनले लेखेका छन्।
शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
शिक्षामन्त्रीज्यूको कार्यक्रममा असहमति हुन सक्छ, विरोध गर्न पाइन्छ।
तर कसैलाई लखेट्ने र कुट्ने संस्कार हाम्रो नेपाली समाजको संस्कार होइन।
विचारसँग विचारले लडौँ,
प्रश्न गरौँ, आलोचना गरौँ
तर हिंसा नगरौँ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
