प्रधानमन्त्रीमाथि पनि अनुसन्धान हुनुपर्छ : एमाले नेता पोर्तेल
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले प्रधानमन्त्रीमाथि पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्रीले बिचौलियामार्फत राज्य संयन्त्र परिचालन गर्ने गरेको आरोप लगाउँदै पोर्तेलले बिचौलियाको निर्देशनअनुसार काम गर्ने व्यक्तिमाथि मात्रै अनुसन्धान गर्नु उचित नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘प्रधानमन्त्री बिचौलिया परिचालन गर्छन् । बिचौलियामार्फत राज्य संयन्त्रलाई काम गराउँछन् । कारबाही बिचौलिया र प्रधानमन्त्रीमार्फत परिचालित बिचौलियाले भनेबमोजिम काम गर्ने व्यक्तिमाथि अनुसन्धान हुने ठिक छ । अनि प्रधानमन्त्रीलाई चाहिँ ?’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
