सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु, २४ जना घाइते, ५को अवस्था गम्भीर

NepalOne २८ फागुन २०७९ ११:०६
प्रमुख खबर

काठमाडौं – सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ खा ६५९६ नम्बरको बस  फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिर डाँडामा  दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनामा २४ जना घाइते हुनुहुन्छ ।दुर्घटनामा घाइतेभएकाहरुको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ ।


प्रतिक्रिया