`

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिए

Nepal One HD २९ फागुन २०७९ १३:१२
राजनीति

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । सोमबार उनले सभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।


प्रतिक्रिया