उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान दिने कांग्रेसको निर्णय


काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
आज बिहान बसेको समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकले पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन दिएको छ । बैठकले फागनु २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएका कांग्रेसका तत्कालिन नेता रामचन्द्र पौडेललाई बधाई पौडेललाई पनि बधाई दिएको छ।
यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ ।
कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।