`

उपराष्ट्रपति यादवलाई अध्यक्ष ओलीकाे बधाई

Nepal One HD ६ चैत २०७९ १२:१५
राजनीति

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गर्नुभएकाे छ । 

गत फागुन ३ गते एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई हराउँदै उपराष्ट्रपतिमा बाजी मार्नुभएका यादवलाई अध्यक्ष ओलीले बधाई दिनुभएकाे हाे । 

यादवलाई संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस माओवादी लगायतका दलले समर्थन गरेका थिए भने जनमत र नागरिक उन्मुक्ति पार्टीले आफ्नै उम्मेदवार उठाएका थिए भने एमाले आफ्नै उम्मेदवार उठाएको थियो। उपराष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले सांसद पदबाट हिजो राजीनामा दिनुभएकाे थियाे । 

उहाँलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएकाे थियाे । 


प्रतिक्रिया