`

‘रवि लामिछानेलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो’

Nepal One HD ६ चैत २०७९ १५:२०
राजनीति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि भएभरको शक्ति लगाएर लखेट्न खोजिएको बताउनुभएकाे छ । 

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै संसदीय दलका नेतासमेत रहनुभएका अर्यालले यस्तो बताउनुभएकाे हाे । 

उहाँले विदेशमा अहिले रहेका ४० लाख नेपाली जस्तै लामिछाने अवसरको खोजीमा बाहिर गएको र त्यहाँ राम्रो हुँदा हुँदै मुलुकमा केही गर्ने चाहनाले नेपाल फर्किएको बताउनुभयाे। 

‘उनी राजनीतिमा आशाकै रुपमा उदाएका हुन्। मुलुक बाहिर रहेर बसेका युवा पुस्तालाई मुलुकभित्रै संभावना खोज्ने प्रयासलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो।’ उहाँले भन्नुभयाे।


प्रतिक्रिया