प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबारमा बोलाए

राजनीति

काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबारमा बोलाएका छन् ।
शुक्रबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा प्रचण्डले सबै मन्त्रीलाई तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिएका हुन।
सरकारले अपरान्ह बस्ने मन्त्रिपरिषद्बाट नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ।
नयाँ आईजीका लागि वसन्त कुँवर, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली, दीपक थापा प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट