कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार छैन – ओली

राजनीति

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको बताएका छन् । शुक्रबार बिर्तामोडमा नेकपा ९एमाले० झापाले आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक नरहेको भन्दै उनले यस विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरे ।
“प्रदेशको नामाङ्कन ठीक ढङ्गले भएको छ”, उनले भने, “मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको हो त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट