माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

राजनीति

काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ। नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक बसेको हो।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन्। नेताहरुबीच सामूहिक रुपमा तथा २ पक्षीय वार्ताहरु भइरहेका छन्। तर, सत्ता बाँडफाँडको विषयमा ठोस सहमति हुन सकेको छैन। यसले गर्दा प्रधानमन्त्रीमाथि अझै १६ वटा मन्त्रालयको भार रहेको छ।
आज बस्ने बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने बताइएको छ। बैठकले माओवादीको बटमलाइन तय गर्ने बुझिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट