`

आरजु राणालाई गोकुल बास्कोटाको चुनौती : उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस्

Nepal One HD ११ चैत २०७९ २०:२८
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले उपचुनावमा बैशाखीबिनाको कांग्रेस उम्मेदवार उठाएर देखाउन कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई चुनौती दिनुभएको छ ।

मिसन ग्रासरुटको अभियानका क्रममा चितवन खटिनु भएका बास्कोटालाई कांग्रेस नेतृ राणाले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेपछि उहाँले साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेको जवाफ दिनुभएको हो ।

बास्कोटाले आरजुलाई जवाफ दिँदै ट्विटमार्फत भन्नुभएको छ – आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ।म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त !

शनिवार तरुण दलको कार्यक्रममा गोकुल बास्कोटासँग पराजित कांग्रेस नेता शिव हुमागाईँलगायतले कांग्रेसकै नेता कार्यकर्ताले सूर्यमा भोट हालेको आरोप लगाएपछि आरजुले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसले पार्टीका उम्मेदवार हराएको बताएकी थिइन् ।


प्रतिक्रिया